धनगढी। धनगढीमा रहेको नैना देवी युवा क्लव अन्तर्गत जेम्स धनगढीले बृक्षारोपण कार्यक्रम गरेको छ । जेम्स धनगढीले शनिवार बिहान धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत त्रिबेणी चोक देखी रिङ्गरोड सडकसम्म बृक्षारोपण गरेको हो। वातावरण स्वच्छ, सफा र सुन्दर बनाउन नैना देवी युवा क्लवले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको जनाएको छ।
धनगढी भित्रै निर्माण सम्पन्न सबै सडकको दुवै साइडमा वृक्षारोपण गर्ने नैवादेवी युवा क्लबका सचिव अमित शाहले बताए । हरियाली र स्वच्छ वातावरणका लागि नै वृक्षारोपण गरेको उनले बताए । सडकमा मात्रै नभएर नदी किनारमा पनि वृक्षारोपण गर्न उद्देश्य रहेको उनको भनाइ छ। एउटा क्लबले मात्रै नभएर वडा,नगरले पनि यस्ता कार्यहरू गरेको भए अझै प्रभावकारी हुने उनले बताए ।
विभिन्न प्रजातिका साढे ६ सय ५० बोटबिरुवा लगाउने र अभियानलाई निरन्तरता दिने उनको भनाइ छ। यस्तै बृक्षारोपणमा सहभागी अजय जैरुले बृक्षारोपण कार्यक्रममा सहभागि हुन पाउँदा खुसी महसुस भएको बताए । हामी सबैले पर्यावरणलाई कसरी सुरक्षीत बनाउने बनाउने भन्ने तर्फ सबैले ध्यानदिनुपर्ने उनले भने । हाम्रो शरिर बचाउन पनी बृक्षारोपण अपरिहार्य रहेको छ। अहिले हावा पानी माटो जमिन तथा वाताबरण नै असुरक्षित रहेकाले बृक्षारोपण गर्दा केही वातावरणलाई सहयोग पुग्ने बताए । साथै उनले यस्ता कार्यक्रम निरन्तर गर्ने र युवाहरुलाई पनी सामाजिक कार्यमा अग्रसर गराउने योजना रहेको बताए।b यस्तै कार्यक्रममा उपस्थीती जनाएका सुनचाँदी ब्यवसायी संघ कैलाली जिल्ला अध्यक्ष यदु सुनारले बृक्षारोपण कार्य निकै राम्रो कार्य भएकाले आफ्नो तर्फबाट हुने सहयोग गर्न तयार रहेको बताए ।