धनगढी। बैतडीका विभिन्न मानसिक समस्या भएका पाँच जना महिलाको उद्धार गरिएको छ। बैतडीको शिवनाथ गाउँपालिकाबाट २ जना, दशरथचन्द, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट १/१ जनाको उद्धार गरिएकोस्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
लामो समयदेखि मानसिक समस्या भएका र बेवारिसे महिलाहरुको उद्धार गरेर धनगढी पठाइएको भट्टले बताए। दृष्टि फाउण्डेसन नामक संस्थासँग सहकार्य गरेर उनीहरुलाई निस्शुल्क खाना र बासको व्यवस्थासहित पठाइएको र ती महिलाहरुको लागि आवश्यक औषधि स्वास्थ्य कार्यालयले व्यवस्थापन गर्ने उनले बताए। उद्धार गरिएका मानसिक समस्या भएका महिलाहरुको लागि आवश्यक औषधि भने स्वास्थ्य कार्यालयले व्यवस्थापन गर्ने उनले बताए ।
दृष्टि फाउण्डेसनले उनीहरुलाई निशुल्क रुपमा खान बस्नु दिनुका साथै विभिन्न खालका मनोसामाजिक परामर्शहरु समेत दिने बताइएको छ । उद्धार गरिएका महिलाहरुलाई आज शनिवार गाडी बुक गरेर प्रहरी र स्वास्थ्यकर्मीहरुले धनगढी पठाइएको जनाइएको छ ।