बैतडी।बैतडीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते भएकी छिन् । बैतडीको खोडपे–बझाङ सडकखण्डमा पर्ने पाटन नगरपालिका-८ स्थित बिजयपुरमा मोटरसाईकलको ठक्करबाट १२ वर्षीय प्रतिक्षा बिष्ट घाइते भएकी हुन्। प्रहरीका अनुसार बझाङबाट धनगढीतर्फ आइरहेको सुप प्र ०१ ००९ प ६२०१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बैतडी पाटन नगरपालिका ८ जुकेपानीकी बिष्ट घाइते भएकी हुन् । उनको टाउको र खुट्टामा चोट लागेको छ ।
घाइते बालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । मोटरसाइकल चालक बझाङको बुङ्गल नगरपालिका १० डौडका २७ वर्षीय ललित बागलाई प्रहरीले नियन्त्रणमा लिएको जोशीले जानकारी दिए।