धनगढी। सुदुरपश्चिम प्रदेशकै एक मात्र उपमहानगरपालीका धनगढी उपमहानगरपालिकाले साइनबोर्ड नराखेको पाइएको छ। धनगढी उपमहानगरपालिका भवनको प्रदेशद्वारमा साइनबोर्ड नराख्दा नयाँ आउने सेवाग्राहीलाई कार्यालय खोज्न सास्ती हुने गरेको छ। कुनैपनी कार्यालयले आफ्नो भवन थाहा पाउन स्पस्ट नाम उल्लेख भएको साइन बोर्ड राख्नु पर्छ।
उपमहानगरपालिकाको भवनको दक्षिण र पश्चिममा प्रवेशद्वारमध्ये कुनैमा पनि उपमहानगरपालिकाको साइनबोर्ड नै राखिएको छैन।तर, सुदुरपश्चिम प्रदेशकै एक मात्र उपमहानगरपालीका भएपनी उपमहानगरपालिका प्रवेश गर्ने स्थल नजिक साइन बोर्ड र नेम प्लेट राखिएको छैन् । धनगढी ८ का सन्तुराम चौधरीले उपमहानगरपालिकाले प्रवेशद्वारमा साइनबोर्ड नराख्दा सर्वसाधारण कार्यालय खोज्दै भौतारिने गरेको बताए।
अपाङ्गता भएका ब्यक्ती तथा आँखा नदेख्ने मान्छेलाई झनै समस्या हुन्छ, ‘गाउँबाट उपमहानगरपालिका आउने सर्वसाधारणलाई साइनबोर्ड नहुँदा समस्या हुने गरेको छ’ उनले भने। धनगढी उपमहानगरपालिकाले साइनबोर्ड राख्नुपर्ने शिवनगर घर बताउने मोहन भण्डारीले बताए। उपमहानगर जस्तो कार्यालयले साइनबोर्ड नराख्दा नयाँ आउने व्यक्तिले झुक्किनु परेको उनले गुनासो गरेका छन् ।