दार्चुला। दार्चुलाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । दार्चुला खलंगा– दल्लेख, सडक खण्ड अन्तर्गतको मालबेला क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएका छन् ।यस्तै काटै, मुल्ला, मैखोली, दल्लेक लगायत नौगाड गाउँपालिकाका विभिन्न ठाउँको आवागमन रोकिएको छ।
सडक अवरूद्व हुँदा त्यो क्षेत्रमा सोमबार देखि नै पहिरो हटाउन सकिएको छैन ।त्यस्तै पहिरोले सदरमुकाम खलंगा लगायत क्षेत्रको खानेपानी बेला बेला अवरुद्ध भएको छ। विगत महिनौदेखि खानेपानीको अनियमित समस्या भोगिरहेका खलंगाबासीका लागि उक्त पहिरोले थप समस्या निम्त्याएको छ ।
त्यसैगरी महाकाली नगरपालिका–८ स्थित असिगडामा बुधबार पुन राति खसेको पहिरोले अवरूद्व महाकाली राजमार्ग अहिले सामान्य रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी राजेश शाहीले जानकारी दिए । यस्तै शैल्यशिखर नगरपालिका वडा नम्वर ९ को नंतडमा घुम्ती मोड कटि फालेको माटो सडकमा आउदा राजमार्ग अवरुद्ध बनेको छ । सडक अबरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।