धनगढी। धनगढीमा बुधबार बिहान परेको पानीका कारण घर भत्किँदा एक वृद्धा घाइते भएकी छिन्। बुधबार बिहान बर्षातसँगै आएको हावाहुरीले घर भत्किँदा धनगढी उपमहानगरपालिका-२ रामजानकी टोलकी ७१ वर्षीया देवादेवी ओझा घाइते भएकी छिन्।
प्रहरीका अनुसार उनको ईटा र टायलले छाएको एक तले कच्ची घर भत्किएर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते ओझालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको प्रहरी बताएको छ।