धनगढी। धनगढी उपमहानगरपालिका ५ को वडा कार्यालयले सडकमा राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले एक सूचना जारी गर्दै सडकमा रहेका निर्माण सामग्री हटाउन र नराख्न निर्देशन दिएको हो।
सडकमा रहेको निर्माण सामग्रीले स्थानीयलाई तथा सडकमा आवतजावत गर्नेलाई समस्या भएको हुँदा ३ दिन भित्र हटाउन र सडकमा निर्माण सामग्री नराख्न वडा अध्यक्ष गजेन्द्र शाहीद्धारा जारी सुचनामा भनिएको छ। निर्माण सामग्री नहटाए कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ।