कैलाली। कैलालीको कान्द्रा नदीमा हाम फालेकी महिलाको आज शव फेला परेको छ। कैलालीको भजनी नगरपालिका–५ लालबोझीकी ४० वर्षीया रीमा डङ्गौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार कान्द्रा नदीमा बाढी आएको बेला आइतबार राती ८ बजेको समयमा उनले कान्द्रा नदीमा हाम फालेकी थिइन् । खोज तलास गर्ने क्रममा दुई दिनपछि शव फेला परेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ।