काठमाडौं। नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरेका हुन् ।
भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट घोषणा गरिएको ७५ सदस्यीय उक्त दलको सचिवमा डिबी कार्की रहेका छन् ।एकता राष्ट्रिय अभियान प्रचार संयोजक निमकान्त पाण्डेका अनुसार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा ९राष्ट्रवादी० र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो ।
साविक नेकपामा अन्तरद्वन्द्ध चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए ।
उनकाअनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ । केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशसको ईञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए । नेकपा राष्ट्रिय एकता पार्टी (प्रस्तावित) का संयोजक वामदेव गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणम भएको बताएका छन् ।पार्टी घोषणा कार्यक्रममा उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभको दाबी गरे । उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन् तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन् । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ ।’कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए । साथै, आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे ।