बाजुरा। बाजुराको स्वामिकार्तिक गाउँपालिकामा माथिबाट आएको ढुङगाले च्यापिएर एक बालक घाईते भएका छन। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ छुद्धरीका नर्जन बुढाका ५ बर्षका छोरा लैजन बुढा भिरबाट ढुङगा खसेर घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले बिद्यालय जान लागेका उनीमाथि भिरबाट ढुङगा खसेको बताए। घाईते बालकको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचार सम्भव नभएपछि प्रमुख जिल्ला अधिकारीले हेलिकप्टरको पहल गरेका छन, तर मौसम खरावीका कारण हेलीकप्टर आउन नसकेको प्रहरी नायव उपरिक्षक थापाले बताएका छन।