कैलाली। कैलालीमा मंगलबार बिहानै देखी वर्षा भइरहेको छ। कैलालीको धनगढीलगायतका क्षेत्रमा आज बिहानै देखि मेघ गर्जनसहित वर्षा भइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसमविद धर्मराज उप्रेतीका अनुसार सुदुर पश्चिमको तराई कैलाली कञ्चनपुर र चुरेको चुरे क्षेत्रमा गए रातिदेखि भारी वर्षा भइरहेको छ। आज सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिमका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार जारी गरेको बुलेटिनमा उल्लेख छ।
यस्तै आजबाट तीन दिन मनसुन थप सक्रिय हुनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ। झापाको भद्रपुर, बिर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ।