कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ।
नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण १ गतेबाट सो कर्मचारीहरूलाई काममा नआउन आदेश दिएको हो।
यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९/०८० श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारी गराइन्छ।’’नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।