कैलाली। कैलालीमा एक महिलाले नदीमा हाम फालेकी छन्।
कैलालीको भजनी नगरपालिका-५ की ४० वर्षीया रीमा डगौराले लालबोझीस्थित कान्द्रा नदीमा हाम फालेकी प्रहरीले बताएको छ।
आइतबार साँझ ७ बजेर ४० मिनेटको समयमा महिलाले लालबोझीस्थित कान्द्रा नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनी नदीमा हाम फालेर बेपत्ता भएकी भन्दै उनका आफन्तले प्रहरीमा खबर गरेका थिए। डगौराको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।