धनगढी। धनगढीमा भोलि (सोमबार) देखि युवा महोत्सव लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा प्रदेशको अस्थायी राजधानी धनगढीमा भोलिदेखि ३ दिनसम्म महोत्सव लाग्ने भएको हो।
युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कँवरका अनुसार सुदूरपश्चिम प्रदेशभरका युवाहरुको सहभागितामा उक्त महोत्सव आयोजना गरिदैछ। महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकारहरुको समेत उपस्थिती रहने बताइएको छ। उक्त महोत्सवले सिकाइ र मनोरञ्जन दुवैलाई प्राथमिकतामा राखेको कार्यकारी उपाध्यक्ष कुँवरले बताए।
आम-सुदुरपश्चिमका तमाम ती युवा जो स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका युवा जो सीप र दक्षता सङ्ग परिचित गराउन, स्वदेश भित्रै स्वरोजगार र सम्भावनाका मार्गमा अभिमुखीकरण प्रदान गर्न गराउने उदेश्य छ। महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिका लगायतका विषयमा प्रशिक्षण समेत दिइने उनले बताए। उक्त महोत्सवमा करिब ३०० जना युवाहरुको सहभागिता रहने छ।


