धनगढी। खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलालीको धनगढी र अत्तरीया बजारका आँप पसलहरुको अनुगमन गरेको छ।
हानिकारक कार्बाइड नामक रसायन हाली आँप पकाएर बिक्री भइराखेको सुचनाका आधारमा र बिभागको निर्देशन अनुसार धनगढी र अत्तरीयाका बजारका आँप पसलहरुको अनुगमन गरेको हो । खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले बिगत केही दिनहरुदेखि अनुगमनलाई प्राथमिकता दिई राखिएको बताएका छन्।
उनले भने, यसै सन्दर्भमा हालसम्म कैलाली जिल्लाका धनगढी र अत्तरिया बजारका तरकारी होल सेलरहरुमा अनुगमन गर्दा हालसम्म उक्त हानिकारक कार्बाईड्ले आँप पकाईएको नपाईएको तथा फलफुल पकाउन पाउने इथिलिन ग्यासले आँप पकाउने गरेको पाईएको छ। उनले भने, थोरै मात्रामा पकाउनु पर्दा क्रेट्मा आपको बिचमा पुरियाको रुपमा इथिलिन राख्ने र धेरै मात्रामा पकाउनु पर्दा ठूलो चेम्बरमा इथिलिन ग्यास सिलिन्डरको प्रयोग गरि आँप पकाउने गरेको भेटिएको छ। उनले भने, उपभोक्ताहरुमा सचेत रहन आग्रह गर्दछु । त्यसैले आँप लगायतका फलफुल खरीद गर्दा प्रतिबन्धित कार्बाइड हाले नहालेको सोधखोज गरेर मात्र खरीद गर्नुहुन सबै उपभोक्ताहरुमा समेत अपील गरेका छौँ । तथापी प्रतिबन्धित कार्बाइडको प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई अझै केही समय निरन्तरता दिइने खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।फोटो तस्बीर हेर्नुहोस यहाँ










