काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।
हाल देशको प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। यस्तै सुदूरपश्चिमका भूभागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना छ। आज राति प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।