कैलाली। कैलालीको टिकापुर बजार हल्का वर्षाका कारण डुबानमा परेको छ। शनिवार विहान भएको सामान्य वर्षाले टीकापुरको मुख्य बजार (बलभद्र चोक)मा पानी जम्मा भएको हो। वर्षाको पानी जाने निकास नहुँदा जलमग्न भएको हो ।पानी जमेपछि आवतजावत गर्ने स्थानीय र सवारी साधनलाई सास्ती भएको छ। नमूना ब्लक निर्माण कार्यक्रम अन्तर्गत निर्माण भइरहेको बजार क्षेत्रमा अधिकांश नालाहरु पुरिएका छन् । चोकको पानी नालामा जाने निकास नहुँदा बजार क्षेत्र सामान्य वर्षाले समेत जलमग्न भएको स्थानीय व्यापारी हर्कबहादुर बुढाले बताए । समयमै निर्माण कार्य सम्पन्न नहुँदा तथा निर्माण भएका नालीहरु समेत सफा नहुँदा वर्षामा जलमग्न हुने समस्या आएको अर्का व्यवसायी शंकर देवकोटाले बताए । पटक पटक निर्माण कम्पनी र स्थानीय तहलाई जानकारी गराउँदा समेत वास्ता नगरेको भन्दै व्यावसायीहरु आक्रोशित छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.