धनगढी। नेपाल रग्बि संघ कैलाली जिल्लाको दोस्रो साधारणसभाबाट मदन कठायतको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको छ ।
शुक्रबार भएको दोस्रो साधारणसभाका प्रमुख अतिथि जिल्ला खेलकुद समिति अध्यक्ष ललित खत्रीको उपस्थितिमा कठायतको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको हो। यस्तै नेपाल रग्बि सघ सुदुर पश्चिम केन्द्रिय प्रतिनिधि डम्बर भट्टराईको विशेष उपस्थिति रहेको थियो। यस्तै उपाध्यक्षमा मिन प्रसाद अधिकारी चयन भएका छन् । सचिबमा मानस बिष्ट, सह-सचिबमा आयुस खड्का, कोषाध्यक्षमा अर्चना पौड्याल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा यस्तै सदस्यहरुमा बिक्रम देवकोटा, मिलन खत्री, टेक बहादुर भण्डारी, दिर्घ बिक, अमित बिश्व कर्मा, टिकाराम न्यौपाने,राजेश महरा, निशान्त हमाल, सम्राट खड्का, सुनिल कठायत चयन भएका छन् । रग्बी संघको दास्रो साधारण सभाबाट जिल्लाबाट केन्द्रीय प्रतिनिधीको रुपमा जिल्ला अध्यक्ष कठायतलाई पठाउने र प्रदेश प्रतिनिधीबाट मेखराज भट्ट र भरत जोशीलाई पठाउने निर्णय पत्रमा उल्लेख गरिएको छ । 


