कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानिकुन्डाको खल्लाखेतबाट गोरु गाडा सहित ३० थान सालका गोलिया बरामद गरिएको छ। शुक्रबार बिहान ७ गोरु गाडामा लोड गरेर अबैध रुपमा लुकाईछिपाई लाग्दै गरेको अबस्थामा सालको गोलिया बरामद गरिएको हो ।
सब डिभिजन बन कार्यलय बर्दगोरिया र सब डिभिजन बन कार्यलय साडेपानीको सयुक्त गस्ती टोलिले लुकाइछिपाइ गरि ल्याउदै गरेको अबस्थामा ७ वटा गोरुगाडा सहित ३० गोलिया सालका दुई सय १९ क्युफिट सहित ३ जनालाइ प्रकाउ परेको सब डिभिजन बन कार्यलय बर्दगोरियाका सहायक बन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।
सब डिभिजन वन कार्यालय साँडेपानीको गस्ती टोलीले त्यसमा संलग्न तीन जना पक्राउ परेका छन्। डिभिजन वन प्रमुख गोकुल रिजालले पक्राउ पर्नेमा बर्दगोरिया वडा ६ बिसालनगर बस्ने ४० वर्षिय दिर्घ बिक, ३८ वर्षिय रमेश बिक र ३६ वर्षिय अर्जुन बिक लाई गोरुगाडामा काठ सहित प्रकाउ गरेको हो । बाकी ४ जना भने फरार रहेका चौधरीले जानकारी दिए ।सयुक्त गस्ती टोलिले बरामत गरियोको काठ, गोरुगाडा सब डिभिजन बन कार्यलय बर्दगोरिया कम्पाउन्ड घाटगद्यी गरिएको छ । पक्राउ परेको तीन जनालाइ थप कानुनी कारबाहीका लागि धनगढी ल्याइएको छ । अन्य फरार भएको चार व्यक्तीहरु नियन्त्रण गर्न घटनाको अनुसन्धान टोली खटिएको डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख गोकुल रिजालले बताए ।