धनगढी। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनको ४३ औँ स्थापना दिवशका अवसरमा आज कैलाली र कञ्चनपुरमा बिविध कार्यक्रम गरिएका छन्।
स्थापना दिवशको अवसरमा संगठनले आज रक्तदान,खाद्यान्न तथा कपडा बितरण तथा स्वास्थ्य परिक्षण गरेको छ ।संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसन नेपाललाई रासन तथा कपडा सहयोग भएको बताए । कन्चनपुरको वसपार्कमा रक्तदान कार्यक्रमबाट ८१ पिन्ट रगत संकलन र कन्चनपुरमै स्वास्थ शिविरबाट ८१ जनाको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिए।
मजदूरका अधिकार र मागका बिषयमा संगठनले निरन्तर पहल र सम्बाद गर्दै आएको छ। स्थापना दिवशको अवशर पारी बिगतबाटै सामाजिक कार्य गर्दै आएको संगठनले यस बर्षपनि रक्तदान, सरसफाई कार्यक्रम लगायत ९ वटा सामाजिक कार्य गरेको संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिए । अनाथ आश्रममा राहत प्रदान गर्ने, साँझ बसपार्कमा दिप प्रज्वलन, कारागारमा रहेका चालकहरुलाई भेट्ने कार्यक्रम, हाजिरिजवाफ प्रतियोगिता र बृद्ध आश्रमामा खाद्यान्न सहयोग कार्यक्रम समेत रहेको चन्दले बताए ।



