धनगढी। कैलालीको गोदावरी नगरपालिका ४ खैराना निवासी बामदेव अवस्थीले आफ्नो जन्मोत्सव बिभिन्न सामाजिक कार्य गर्दै मनाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर संगठनको ४३ औँ स्थापना दिवशको उपलक्ष्यमा र जन्मदिन एकैदिन परेकाले अवस्थीले सामाजिक कार्य गर्दै जन्मोत्सव मनाएका हुन् ।
अवस्थीले आज आफ्नो जन्म दिनको शुभ अवसरमा कैलालीको धनगढी ८ क्याम्पसरोडमा रहेको दृष्टी फाउन्डेसनमा खाद्यान्न सहयोग गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिम प्रदेश कमिटीका आर्थिक सह -सचिव समेत रहेका अवस्थीले नुन, तेल, साबुन, सोडा, कपडा, ब्रस, कोलगेट, दाल,तरकारी लगायत खाद्यान्न सहयोग गरीएको बताए। यस्तै स्वतन्त्र मजदूर संगठनको ४३ औँ स्थापना दिवशको अवसरमा पनी फाउन्डेसनलाई खाद्यान्न सहयोग गरीएको थियो।यस्तै जन्मदिनकै अवसरमा अवस्थीले कैलालीको अत्तरीयामा रहेको पद्मा अस्पतालमा २२ जना बिरामीहरुलाई भेटेर फलफुल, जुस बितरण गरी जन्मदिन मनाएको जानकारी दिए। अवस्थी बिगत बर्ष देखी नै बिभिन्न सामाजीक कार्य गर्दै जन्मदिन मनाउदै आएका छन् । उनले भने, जन्मोत्सव मनाउने खर्च विपन्न र आर्थिक अवस्था कमजोर भएका र आवश्यकता भएका व्यक्तिलाई सहयोग गर्दै जन्मदिन मनाएको बताएका छन् । उनले सहयोग गरेर जन्मोत्सव मनाउँन पाउँदा निकै खुसी मिलेको जानकारी दिएका छन् । साथै दृष्टी फान्डेसन र पद्मा अस्पतालले पनी जन्मदिन सामाजिक कार्य गरेर मनाएकोमा अवस्थीलाई धन्यवाद र जन्मदिनको शुभकामना ब्यक्त गरेका छन् ।