कैलाली। नेकपा (एमाले)का कार्यकर्ताले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडी सञ्चालनमा अवरोध गरेर छोडिएका छन्। नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका थिए ।
एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर कमिटीले बुधबार सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका थिए। युवाहरूले आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारी सवारी साधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चाबी खोसिदिएका थिए।
धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि लगाएत एक दर्जन गाडी र ५० भन्दा बढी वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए। नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडीएको बताए । उनले सरकारले मुल्यवृद्धि फिर्ता नलिए थप कडाइका साथ आन्दोलन गर्ने बताएका छन् ।