अछाम। अछाममा विनोद शाहीको हत्या प्रकरण सुल्झाउन नसकेका डीएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले अछाम जिल्लाको प्रहरी प्रमुखलाई सरुवा गरेर नयाँ डिएसपी पठाएको छ ।
डीएसपी रविराज थपलियालाई जिम्मेवारीबाट हटाएर डीएसपी नारायण डाँगीलाई जिम्मेवारी दिएको छ । डीएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए। कमाण्ड राम्रो नभएको आधारमा डिएसपी थपलियालाई हटाएर डाँगीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। थपलियाको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका–४ का युवक विनोद शाहीको मृत्युपछि अछाम अशान्त बन्दै आएको छ । भिरबाट लडेको अवस्थामा उनको शव गत २१ जेठमा भेटिएको थियो । परिवारले उनको हत्या भएको आरोप लगाउँदै आएको छ। घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट टोली खटिएको छ ।
१७ जेठको रातीदेखि बेपत्ता रहेका विनोदको शव घरनजिकैको कुच्ची जङ्गलको खोँचमा भेटिएको थियो । १३ जनामाथि प्रहरी किटानी जाहेरी लिन प्रहरी तयार भएपछि परिवारले शव बुझेका थिए । सीआईबीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनोहर भट्टको टोली अछाम पुगेको थियो । सोही टोलीले अनुसन्धान गरेपछि दुई जनालाई पक्राउ समेत गरेको थियो ।