कञ्चनपुर। कञ्चनपुरको चुरे क्षेत्रका किसानहरुले जडीबुटी खेतीबाट दुई वर्ष अघिसम्म मनग्य आम्दानी गरिरहेका थिए कोरोना महामारीपछि जडीबुटीको तेल बिक्रि हुन छोडेपछि यहाँका किसानहरुले यसको सट्टामा अन्य खेती गर्न थालेका छन।
कञ्चनपुरको बेदकोट नगरपालिका-५ की पाना बोहराले दुई वर्षअघिसम्म क्यामामाइलको खेतीबाट राम्रो आम्दानी गरिरहेकी थिईन । कोरोना महामारीपछि जडीबुटीको तेल बिक्रि हुन छोडेपछि यसको विकल्प खोज्नुपरेको उनको भनाई छ। ‘लिटरको ५५ हजारसम्म बिक्रि हुने तेल बिक्रि भएन ।’ उनले भनिन-‘नेपालगञ्जबाट व्यापारीहरु तेल किन्न आउथे कोरोनापछि धेरैसस्तोमा बिक्रि गर्नुपर्यो ।’
यो खेती गरेर घाटा हुन थालेपछि यसको सट्टामा अर्कोखेती गर्नुपरेको हो । व्यवसायीक रुपमा जडीबुटी खेतीबाट मनग्य आम्दानी गरिरहेका यहाँका धेरै किसान जडिबुटीको तेल बिक्रि नभएपछि अन्य खेतीगर्न थालेका छन । जडिबुटिको तेलबाट राम्रो आम्दानी हुन थालेपछि अन्य खेती छोडेर यसखेतीमा लागेका किसान तेल बिक्रि नभएपछि विकल्पको खोजीमा लागेका हुन । २०६७ साल देखी जडिबुटी खेती गरिरहेका किसानले २०७३ मा निड्स नेपालले पडिबुटी प्रशोधनका लागी गाउँमै मेसिन ल्याउदा सहज भएपछि व्यवसायीक रुपमा जडिवुटी खेतीमा लागेका थिए ।अन्य खेतीको तुलनामा क्यामामाईल (जडिबुटी)बाट राम्रो आम्दानी हुने र यो खेतीबाट चारगुणा बढी फाईदा हुने भएपनि तेल बिक्र नहुँदा अन्य खेती गर्नु परेको किसानहरुको भनाई छ ।
जडीबुटी खेती प्रवद्धनका लागि निड्स नेपालले अनुकुलन परियोजना मार्फत कञ्चनपुरमा १५ वटा उद्योग स्थापना गरेको थियो । शुक्लाफाँटा राष्टिूय निकुञ्ज नजिकका स्थानीयहरुको खेतबारीमा लगाएको अन्नबाली जंगली जनावरले खाएर नष्ट पार्न थालेपछि त्यसको विकल्पका रुपमा पनि जडिबुटि खेतीमा आकर्षित भएका थिए । कञ्चनपुरका नौ वटै स्थानीय तहहरुमा सामुदायीक वन तथा विभिन्न समुहबाट हाल जडिवुटी उत्पादन भईरहेको छ। उत्पादीत जडिबुटीको तेल कस्मेटीकको सामग्री र औषधीमा प्रयोग हुने गरेको छ । विगतका बर्षहरुमा तेल भारत लगायत अन्य देशहरुमा सप्लाई हुने गरेको थियो ।