कैलाली। कैलालीको धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका २ रामजानकी टोल बस्ने १९ वर्षीय दिपेन्द्रबहादुर मल्ल र धनगढी उपमहानगरपालिका मिलनचोकमा ग्रिनलेण्ड प्लाजाका संचालक २९ वर्षीय चक्रसिंह पार्की पक्राउ परेका हुन्। मल्लको कोठाबाट ५ ग्राम लागूऔषध खैरो हेरोइन र पार्कीको होटलबाट ४ ग्राम ३०० लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
आज दिउँसो १ बजेको समयमा उनीहरुको साथबाट ४६ हजार ४०५ नेपाली र ४ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन्। दुबै जनालाई यस कार्यालयमा ल्याई थप अनुसनधान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताएका छन्।


