धनगढी। धनगढीमा पालिका स्तरको स्वास्थ क्षेत्र द्रुतप्रतिकार्य टोलीलाई क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कैलालीको गोदावरी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्वास्थ शाखाबाट ७/७ जना दुर्त प्रतिकार्य टोलीलाई प्रशिक्षण दिइएको हो। केएर नेपाल र निड्स नेपालको साझेदारीमा संचालित कोभिड प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तरगत कोभिड १९ प्रतिकार्य तथा स्वास्थ सेवा सबलीकरणकालागि स्वास्थ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई ३ दिनसम्म क्षमताविकास अभिवृद्धि सम्बन्धि तालिम सिकाइएको हो।
क्षमता अभिवृद्धि प्रशिक्षण तथा तालिम कार्यक्रम सहभागि कञ्चनपुर कृष्णपुर नगरपालीका जनस्वास्थ्य निरीक्षक तारादत्त बोहराले तालिमबाट धेरै कुरा सिकेको जानकारी दिए।उनले कुनैपनी बिपदका लागी पुर्व तयारी अपनाए कर्मचारीलाई काम गर्न सहज हुने बताए। बर्षातको समयमा बाढी, पहिरो, डुवान, कटान लगायत आगालागीको समयमा पनी के कसरी पुर्वतयारी अपनाउन जरुरी रहेको बताए । उनले विपदको समयमा हुनसक्ने क्षती र बिपदपछिको उद्धार लगायत स्वास्थ्य उपचार तथा औषधीको बन्दोबस्त तयारीमा रहनुपर्ने बताए।
अझ यस्मा स्वास्थ्यकर्मीको अहम भुमिका रहने उनको भनाई छ । यस्तै गोदवरी नगरपालीका स्थीत अत्तरीया शहरी स्वास्थ्य केन्द्रकी प्रमुख कुसुम शर्माले स्वास्थ क्षेत्रमा द्रुतप्रतिकार्य टोलीले आपतकालीन अवस्थामा तयारी के कसरी छिटो काम गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिएको बताईन् । उनले हामी स्वास्थ्यकर्मीले पनी पालीकासँग समन्वय र सहकार्य छलफल गर्ने र जानकारी दिने लिने गर्नुपर्ने बताईन् । यस्ले स्थानियस्तरमा जानकारी प्रदान गर्न सजिलो हुने र समयमै सुचना पाउँदा बिपदको घटनामा क्षती कम हुने उनको भनाई छ। कोभिड प्रतिकार्य तथा पुर्नलाभ परियोजना सँयोजक केशव मलाशीले गोदावरी र कृष्णपुर नगरपालिकाका द्रुतप्रतिकार्य टोलीको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको बताए। आपतकालिन तथा विपदको अवस्थामा स्वास्थ सेवालाई चुस्त दुरुस्त राख्न र स्वास्थ सेवाप्रवाहमा स्वास्थ क्षेत्रको द्रुतप्रतिकार्य टोली परिचालन गरिएको उनको भनाई छ । कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश स्वास्थ निर्देशनालय निर्देशक डा. जगदीश जोशीले तालिममा सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सुझाब सल्लाह दिएका छन्।
आफुले काम गरेको क्षेत्रमा के कसरी बिपद लगायत अन्य जोखीमलाई न्युनिकरण गर्न सकिन्छ। त्यसमा लाग्न उनले जोड दिएका छन् । यस्तै कार्यक्रमका अध्यक्ष तथा निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टले विपदका बेला समुदायलाई परेको आवस्यक साथ सहयोग र सेवा दिने स्वास्थ्यकर्मीको काम भएकाले तालिमको सिप उपयोगमा ल्याउन भनेकी छिन्। तालिममा सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेकी छिन् । तालिममा सहभागि कर्मचारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिम कार्यक्रममा केएर नेपालका बिजेन्द्र बजान्डे, प्रशिक्षक शम्भु महतो, निड्स नेपालका रितु बस्नेत, विकाश डगौरा लगायत दुवै नगरपालिकाका स्वास्थ शाखा प्रमुख,मेडिकल अधिकृत, जनस्वास्थ निरीक्षक, स्वास्थकर्मीहरु तथा द्रुतप्रतिकार्य टोलीका सदस्यहरुको सहभागिता रहेको थियो।








