धनगढी। धनगढीमा लैङ्गिक अल्पसंख्यककालागि अग्नि नियन्त्रण तालिम गरिएको छ। शनिवार धनगढी उपमहानगरपालिकामा लैङ्गिक अल्पसंख्यककालागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ।
यूरोपेलि आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो। प्राइड मन्थको समयमा सूदुर पश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो।
धनगढीमा बढ्दो शहरीकरणले आगलागीको उच्च जोखिमका कारण आगलागीका घटना हुन सक्ने भएकाले के कसरी सचेतना अपनाउन सकिन्छ भनेर जानकारी प्रदान गरिएको थियो । धनगढीमा बढ्दो शहरीकरणले आगलागीको जोखिम उच्च छ। धनगढी जस्ता प्रमुख शहरमा जनसंख्याको उच्च चाप, प्राविधिक सहायता विना बनाइएको पुराना घरहरूको वायरिङ्, अव्यवस्थित ग्याँसको प्रयोग र जनचेतनाको कमिमा गरिने लापरवाहिका कारण यो समस्याले विकराल रूप लिदैछ। अझ लैङ्गिक अल्पसंख्यक समुदायहरू परिवारबाट टाढा रहने, एकै ठाँउमा धेरै जना बस्ने र शिक्षाको कमीले आगलागीका घटना बढ्ने सम्भावना छ ।
यि सबै विविध कारणले यो समुदाय अझ बढी संकटासन्न भएको दावी सूदुरपश्चिम समाजमा एम एनड ई अफिसर निरङ्ग चौधरीले बताएका छन्।यस्ता तालिमहरू यो समुदायलाई पहिलो पटक प्रदान गरिएको र यो तालिमले समाजका सम्पूर्ण साथीहरूलाई जिवन रक्षाका लागी उपयोगी शिप दिएको उनको भनाइ छ। साथै यो शिप उनीहरूले आफू निकटका साथीहरूमा पनि पुर्याउन प्रयास गर्ने भन्दै सुपर परियोजनाकोसँग नियमित सहकार्यको अपेक्षा राख्दै परियोजनालाई धन्यवाद दिएका थिए।अग्नि नियन्त्रण तालिम धनगढीमा बसोवास गर्दै आइरहेका लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूलाई आगलागीको प्रमुख कारण सम्बन्धी र आगलागीलाई सुरुकै अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक सीप सिकाइएको थियो । यसका साथै आगलागीबाट घाइते भएकालाई प्राथमिक उपचार विधि प्रदान गरी पहिलो चरणमै आहात दिने पद्धति सिकाइएको थियो। रेडक्रसका अधिकारीहरूबाट उपचार लगायत अन्य गतिबिधीमा अस्पतालसम्म कसरी पुर्याउने भन्ने विषयमा जानकारी प्राप्त गराइएको थियो । धनगढी सूदुर पश्चिम प्रदेशको एक मात्र उप(महानगरपालिका हो। यस उप(महानगरपालिकामा प्रदेश भरिकै लैङ्गिक अल्पसंख्यकहरूको भारि मात्रामा बसोबास रहेको छ।


