अछाम। अछामको पंच देवल बिनायक नगरपालीकामा मृत भेटिएका बिनोद शाहीको न्यायकालागी जिल्ला प्रशासन कार्यालय अछाममा घेराउ गरिएको छ।
१६ बर्षीय किशोर बिनोद शाहीको न्यायकालागी चरणबद्ध आन्दोलनको घोषणा गरेका ४ राजनितीक दल र आफन्तले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गर्नूका साथै घेराउ गरेका हुन । जिल्ला प्रशासन कार्यालय अछाम अगाडी प्रर्दशन र घेराउ गर्दै प्रदर्शनकारीले किटानी जाहेरी दर्ता भएका ब्यक्तीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्नुपर्ने माग सहित नाराबाजी गरेका थिए।अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी, प्रहरी नायव निरीक्षक रविराज थपलियाको निलम्बनको माग गरेका छन् । उनीहरुले हत्यारालाई पक्राउ गर, किटानी जाहेरी दर्ता भएकाहरुलाई नियन्त्रणमा ले, प्रहरीको दमन बन्द गर, डिएसपी मुर्दावाद, पुर्वाग्राही सिडियो मुर्दावाद लगायतका नारावाजी गरेका थिए । विरोध सभामा बोल्ने वक्ताहरुले अछाम प्रहरी र प्रशासनले विनोद शाही मृत्यु प्रकरणको अनुसन्धानमा बेवास्था गरेको दाबी गर्दै अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र प्रहरी प्रमुख रविराज थपलियाको चर्को आलोचना गरेका थिए ।