कञ्चनपुर। कञ्चनपुरमा अवैध सामान बरामद गरिएका छन् । भारतका विभिन्न स्थानबाट अबैध रुपमा ल्याइएका भन्सार चोरी पैठारीका सामान कञ्चनपुर प्रहरीले बरामद गरेको हो ।प्रहरीले विभिन्न स्थानबाट १ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्शाहस्थित बेलौरी कलुवापुर सडकखण्ड नजिक लुकाई छिपाई गरी राखिएको ३१ हजार मुल्यको KIRBHCO लेखेको DOP मलखात र कृभ युरीया मल गरी १५ (पन्ध्र) बोरी मदखाद बरामद गरेको हो।
यस्तै बेलौरी नगरपालिका–१० भुडा गौडी नहरबाट ४० हजार मुल्यको मोबिल लगायत वर्कसवका सर-समान र भीमदत्त नगरपालिका–१० जिमुवा तिलकेनीबाट ४२ हजार ५०० मुल्यका मिश्री, खानेतेल, गुड र नरीवल गरी जम्मा १ लाख १३ हजार ५ सय बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ ।