कैलाली। कैलालीको चुरे गाउँपालीका ५ मा सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको अनुगमन तथा खाद्य स्वच्छता अभिबृधी कार्यक्रम गरिएको छ ।
मंगलबार र बुधबार खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट खाद्य निरिक्षकको टोली र सोही क्षेत्रका स्थानीय तहका प्रतिनिधिको संयुक्त टोलीद्धारा होटल रेस्टुरेन्टमा अनुगमन तथा खाद्य स्वच्छता अभिबृधी कार्यक्रम गरिएको हो । सुदुरपश्चिमका ७ पहाडी जिल्ला आवतजावत गर्दा यात्रुले खाना खाने मुख्य स्थल चुरे गाउँपालीका ५ खानीडांडामा रहेका ३५ वटा होटल रेस्टुरेन्टहरुको अनुगमन गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीका प्रमुख नवराज दाहालले जानकारी दिए ।
उनले स्थलगत अनुगमन गरि देखिएका कैफियतहरुको सुधार गर्नका ति ३५ वटै होटल रेस्टुरेन्टका सन्चालकहरुलाई अन्तर्कृया कार्यक्रममा सहभागि गराइएको जानकारी दिए। सो अन्तकृर्या कार्यक्रममा सोही वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधीको पनी सहभागीता रहेको थियो । कार्यक्रममा स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुरुप स्थानिय बजार ब्यबस्थापन तर्फ स्थानीय तहबाटै बजार सचेतना गरिएको छ। यस्तै अनुगमन गर्ने स्थानीय तहको अधिकार अनुरुप आगामी आ.ब देखि कार्यक्रम तय गरि कार्य सन्चालन गर्न उत्प्रेरित गर्ने समेतको काम गरिएको दाहालले जानकारी दिए ।
साथै उक्त मोडलको रुपमा सफलतापुर्बक सो कार्यक्रम सम्पन्न गर्न खटिने खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य निरीक्षक, खाद्य बिज्ञ तथा कार्यक्रमलाई प्राथमिकता दिनुहुने चुरे ५ का वडा अध्यक्षप्रती खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीका प्रमुख नवराज दाहालले धन्यवाद तथा आभार भनेका छन् । साथै उनले सोे कार्यक्रमबाट खानीडांडामा रहेका होटल रेस्टुरेन्टहरुको स्वच्छतामा सुधार भै उपभोक्ता हित संरक्षणमा टेवा पुग्ने अपेक्षा समेत ब्यक्त गरेका छन् ।




