कैलाली। मलको माग गर्दै कैलालीको अत्तरियामा प्रदर्शन गरिएको छ । कृषि उपज थोक बजार तथा सरोकारवाला किसानहरुले समय मै मल पाउनुपर्ने माग र किसानलाई वर्षाबाट भएको क्षतिको क्षतिपूर्ति दिन माग गर्दै प्रदर्शन गरिएको हो ।
किसानले सरकारले मलको व्यवस्था छिटो गनुपर्ने र गत वर्ष कार्तिकमा आएको वर्षाले धानबालीमा पुगाएको नोक्सानको क्षतिपूर्ति दिन माग गरेका हुन्।किसानहरुले खेती गर्ने बेला भैसक्दा पनि मलको उचित ब्यब्स्था सरकार ले गर्न नसकेको भन्दै प्रदर्शन गर्न परेको किसान अगुवा नन्दलाई भट्टले बताए । उनले अझै पनि किसानका मागलाई बेवास्ता गरेर मल उपलब्ध नगराए थप आन्दोलन गर्ने भट्टको भनाई छ।
बर्षाका कारण किसानहरुलाई भएको क्षती पनि सरकारले दिनुपर्ने उनले बताए। यस्तै उनीहरुले ‘किसानलाई शोषण गर्न पाइदैन’, ‘मिलिजुली राष्ट्रको सम्पत्ती खान पाइदैन’, ‘किसानको माग पुरा गर’ भन्दै नाराबाजी गरेका थिए। कैलालीको अत्तरिया चोकमा आधा घण्टा सडकमा चक्काजाम गरिएको छ। कृषि उपज थोक बजार तथा सरोकारवाला किसानहरुको आयोजनामा गरिएको उक्त बिरोध कार्यक्रममा किसानलाई मलखानको व्यवस्था गर्न र २०७८ साल कात्र्तिकमा बर्षाबाट भएको क्षतिपूर्ति दिन माग गरिएको थियो।चक्काजाम अघि किसानहरुले अत्तरिया चोक परिक्रमा गरेका थिए। आन्दोलित किसानहरुले ‘समयमा मल बिउ तब जोगिन्छ हाम्रो जिउ’, ‘नो फार्मर नो फूड’, ‘हामी किसान उत्पादन गर्ने जनशक्ति हो’, ‘देशको भबिष्य किसान बिना सम्भव छैन’ लगायतका नारा लेखिएका पम्पलेट बोकेका थिए ।


