धनगढी। कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । मङलबार उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिएका हुन ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन संयोजक लोक बहादुर बिष्टले सपथ ग्रहण गराएका हुन । कैलाली उद्योग वाणिज्य संघको जेठ २८ गते संम्पन्न भएको निर्वाचनमा पुष्पराज कुँवर प्यानल सहित विजयी भएका थिए ।कुँवर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल विजयी भएका छन्। यस्तै वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।
यस्तै सदस्यहरुमा अम्बिका भण्डारी, कबिन्द्र पन्त, कृष्णाकुमारी बिष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाश चन्द, बाशुदेव भट्ट, मिलन कुँवर, रबि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रबहादुर कडायत र सुरेन्द्रकुमार बोहरा निर्वाचित भएका छन्। शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।सपथ ग्रहण कार्यक्रममा उद्योगमन्त्री, प्रमुख जिल्ला अधिकारी, लगायतका व्यक्तिहरुको सहभागीतामा रहेको थियो ।