कैलाली। कैलालीको अत्तरियामा बस र स्कुटर ठोक्किँदा कैलालीको अत्तरियामा २ जना घाइते भएका छन्। आज बिहान ११ बजे गोदावरी नगरपालिका– १ अत्तरियास्थित पूर्वरोडमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पूर्वतर्फ जाँदै गरेको ना५ख १०९४ नम्बरको बस र बिपरित दिशाबाट आउँदै से६प २१८६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवै घाइते भएका हुन् । घाइते हुनेमा स्कुटर चालक गोदावरी–७ बस्ने ३५ वर्षीय राम अवस्थी र स्कुटरमा सवार बझाङ बित्थडचिर गाउँपालिका–३ का २६ वर्षीय दिनेशबहादुर बोहरा रहेको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरुको दुवैको पदमा अस्पतालमा उपचार भइरहेको र बस चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।


