धनगढी। धनगढी उपमहानगरपालीका १ मा रहेको सरस्वति आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेपाल परिवार दलका नेता खडक नागरीको पहिल र बोधित्सव बिहारको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा सरस्वति आधरभुत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो।एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई २००पिस कपि, २०० पेन्सिल र २०० इेलेजर वितरण गरिएको परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले जानकारी दिए ।
कार्यक्रममा नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी, केन्द्रीय सदस्य बिष्णु बिके,नेपाल परिवार दलका जिल्ला सदस्य श्याम नेपाली, प्रदेश सदस्य सीता पाठक, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु, सोही बिद्यालयका प्रधानाध्यापक पदमा राज जोशी, स्कुल ब्यापस्थापनका अध्यक्ष लक्ष्मण बिक र समाजसेवी बुद्धिजीवी लगायतकाको कार्यक्रममा सहभागीता रहेको थियो । सरस्वति आधरभुत बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकोमा नेपाल परिवार दल पार्टि तथा नेता कार्यकर्तालाई धन्यवाद ब्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा समेत गरेका छन् ।



