कैलाली। कैलालीका नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोग सदस्य लगायतका नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आज टीकापुरमा आयोजित नागरिक उन्मुक्ति पार्टीमा प्रवेश कार्यक्रममा कांग्रेस र एमालेका नेता कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेका हुन्।
आइतबार टीकापुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका काङ्ग्रेस नेता प्रदीपकुमार चौधरी सो पार्टीमा प्रवेश गरेका छन् । चौधरीले सामाजिक संजाल फेसबुक मार्फत आज मात्रै नेपाली कांग्रेसको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । देश विकासमा योगदान पुगाउने ठुलो आपेक्षा सहित विगत केही बर्षदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहंदै आएकोथिएँ तर अहिले आएर त्यो सम्भावना कम देखिन आएकाले आजकै मितिदेखि नेपाली कांग्रेसको कुनैपनी पदमा नरहनेगरी अलग भएको जानकारी गराउँदछुू चौधरीले फेसबुकमा लेखेका छन् ।
उनीहरुको नागरिक उन्मुक्ति प्रवेशले कैलालीको क्षेत्र नम्बर १ र २ मा सो पार्टी थप बलियो भएको छ । यसैगरी, नेकपा (एमाले) का केन्द्रीय निर्वाचन आयोगका पूर्वसदस्य केवालाल चौधरी र नेता लालवीर चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । केवालाल नेकपा (एमाले) बाट निर्वाचित भई यसअघि साविक प्रतापपुर गाविसको अध्यक्ष भएका थिए । त्यस्तै, लालवीर भने रेशमलाल चौधरीका बुबा हुन । उनी २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए ।
पार्टी अध्यक्ष श्रेष्ठ रञ्जिता चौधरीले फुलमाला लगाएर नव प्रवेशी हरुलाई पार्टी प्रवेश गराएकीहुन ।कार्यक्रममा माधव प्रसाद चौधरी,सचिन चौधरी,जंग बहादुर चौधरी,कुकुलाल चौधरी,विर बहादुर चौधरी,भुस चौधरी,दिपक चौधरी,रामलाल चौधरी,दिल बहादुर चौधरी,नविन चौधरी,लालविर चौधरी र देशराज थारु लगाएतकाले नागरिक उन्मुक्ति पार्टि प्रवेश गरेको नेता महेन्द्र उपाध्यायले जानकारी दिएका छन् । यसैगरी, नागरिक उन्मुक्ति पार्टीले कैलालीको घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा आइतबार आफ्नो संगठन विस्तार गरेको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सो पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ।



