धनगढी। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनकालागि भएको मतदानको मतगणना जारी छ। सुरुवात देखी नै पुष्पराज कुँवर प्यानल अगाडी देखीएको छ।
अहिलेसम्म ९०० मतगणना हुँदा अध्यक्ष पदमा पुस्पराज कुँवरले ५५४ मत प्राप्त गरेका छन् भने उनका प्रस्तीसपर्धी सुरेन्द्र राठीले २९७ मत प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ४९८ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ३५० मत ल्याएका छन्। उद्योग उपाध्यक्षमा दिनेश लम्साल ५०७ मत ल्याएका छन भने, उनका प्रतिस्पर्धी घनश्याम चौधरी ३०० ल्याएका छन।
यस्तै एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल ४२७, प्रकाशचन्द्र भट्ट ३७१ , वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त ४४९, केशवदत्त पाण्डेय ३३३, महासचिवमा ओमबहादुर विष्ट ४२१, सिद्धराज पनेरु ३९५, कोषाध्यक्षमा भीमराज ओझा अब्बु ५५६, रंजनकुमार शर्मा २५४, र सचिवमा सुरेश पाण्डेय ३२६, महेन्द्रकुमार सिंह २८१ र जयराज न्यौपानेले १७६, मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो। निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार जम्मा १६१२ मतदाता रहेकोमा चुनावमा १ हजार ९५ जनाले मतदान गरेका थिए (हेर्नुहोस मत कस्को कती (सदस्यहरुसहित)