कैलाली। कैलालीमा शनिवार आएको हावाहुरीका कारण दर्जनौ घरमा क्षति पुगेको छ भने केही पशुचौपाया समेतको मृत्यु भएको छ । हावाहुरीका कारण टिकापुरका ९ घरमा क्षती भएको छ।
टिकापुर १ को करिलाल चौधरीको घरमा क्षती भएको छ। हावाहुरीले उनको घरको छाना उडाएको छ । टिकापुर वडा नम्बर ४ मा बागमारी बस्ने दिपेन्द्र धामीको घरमाथी बिद्यूत पोल ढलेको छ,निर्मला चौधरीको घरको टिनको छाना उडाएको, जोखनलाल चौधरीको घरको पनी टिनको छाना उडाएको छ ।
यस्तै वडा नम्बर ५ मा दुर्गाधामीको घरको छाना उडाएको,बम बहादुरको घरको टायलको छाना उडाएको, वडा नम्बर ७ मा बाधुराम चौधरीको घरको छाना उडाएको छ ।यस्तै कैलालीको गौरीगँगा १ स्थीत हावाहुरीका कारण टिनको छाना उडाउँदा गौरीगँगा मावी शिवीरमा खेमा देवी बिक घाईते भएकी छिन् । यस्तै गौरीगँगा ९ मा जगत भुलको घरको टिनको छाना लागेर उनको छोरी सावित्री भुलको टाउको र शरिरमा चोट लाग्दा घाईते भएकी छिन् ।
यस्तै सोही वडामा हरि प्रसाद चौधरीको गोठको टिनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै हावाहुरीका कारण भजनी नगरपालिका ४ झलझलिया शिविरका करिब १ दर्जन घरमा क्षति भएको छ। केही घरमा सालका रुख समेत खसेको छ भने केहीको टिन र फुसको छानो उडाएको भजनी नगरपालिका वडानम्बर ४ का अध्यक्ष जन्ताराम चौधरीले बताए । कैलारी गाउँपालिकामा दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । यता धनगढीमा पनी केहीसयम हावाहुुरी चलेको थियो । 


