कैलाली। कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भइरहेको मतदान सकिएको छ। निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार जम्मा १६१२ मतदाता रहेकोमा चुनावमा १ हजार ९५ जनाले मतदान गरेका छन्।
उनले मतदान सम्पन्न भइसकेको बताउँदै अहिले मतगणना सम्बन्धी छलफल भैरहेकोले आजै राती देखी मतगणना हुने सम्भावना रहेको बताए। शनिवार बिहान ९ बजे देखी सुरु हुने भनीएपनी ढिलागरी सुरु भएको मतदान साँझ साढे ६ बजेसम्म जारी रहेको थियो। संघको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठी टिमसहित चुनावी मैदानमा थिए । दुई समूह छुट्टाछुट्टै प्यानलसहित टिम घोषणा गर्दै चुनावी मैदानमा होमिएका थिए ।