कैलाली। केही दिनयता कैलाली र कञ्चनपुरमा अत्याधिक गर्मी बढेको छ । कैलाली लगायत तराईका जिल्लाहरुमा अत्याधिक गर्मी हुन थालेपछि गर्मी छल्न कैलालीको चुरे गाउँपालीका स्थीत खानीडांडामा जानेहरुको संख्या बढ्न थालेको छ।
गर्मि छल्न अहिले यँहा मानिस तथा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो । खानिडाँडा लगायत नजिकैका पहाडी बजार तथा होटेलहरु भरिभराउ भएका छन । यँहा अहिले साँझको समयमा कोठाहरु पाउन मुस्किल बन्न थालेको छ । धनगढीबाट करिब ४७ किलोमिटर टाढा उत्तरमा रहेको खानीडाडाँमा उष्ण मौसमी हावापानी पाईने र समुन्द्री सतह बाट २३० मिटर उचाईमा अवस्थीत रहेको उक्त क्षेत्रमा खानीडाडाँ आर्कषकको मुख्य केन्द्र बनेको छ।
धनगढीमा अत्याधिक गर्मी भएकाले पहाडको स्वच्छ बातावरण र चिसो मौसमको आनन्द लिन आएको धनगढीका देव बहादुर सेठीले बताए । उनले पर्यटन प्रबद्र्धन गर्नुका साथै तराईको गर्मी छल्न यहाँ रमणिय ठाउँ र चिसोको आनन्द लिन आग्रह गरे । उनले अनुसार यो बर्ष सिमाबर्ती क्षेत्रका पर्यटकहरु पनि आउने क्रम बढेको छ । अहिले दैनिकजसो तराईबाट सो क्षेत्रमा जाने आन्तरिक पर्यटक जाने गरेको भएपनी शुक्रबार र शनिवारको दिन अझ बढी चहलपहल बढ्ने गरेको छ ।
गर्मी छल्न पर्यटकको सँख्या बढेसंगै स्थानीय बजारका उत्पादन तथा तरकारी फलफूल अचार जस्ता चिजले पनि राम्रो बजार भाउ पाएको छ । कैलालीमा भने एक महिना यता ४० डिग्री सेल्सियसको हारहारीमा गर्मी बढेको छ । गर्मीले ब्याकुल बनेकाहरु गर्मी छल्न पहाड तिर जाने गर्दछन । अहिले खानीडांडामा होटेलको सँख्या पनि बढेको छ । यँहा पर्यटकहरु आउने क्रम बढेपनी पर्यटकहरुको लागी समय बिताउने पर्यटकिय पूर्वधार भने बन्न सकेका छैनन् । देशका अन्य ठाउँमा मनसुनी बर्षा शुरु भएपनी यँहा भने पानी पर्ने सम्भाबना अझै देखिएको छैन । गर्मी कै कारण कैलाली कन्चनपुरका पालिकाहरु बिद्यालय बन्द गरेका छन् ।