कैलाली । कैलाली उद्योग वाणिज्य संघको निर्वाचन आज हुँदैछ। आज बिहान ९ बजे देखी साँझ ६ बजे सम्म कैलाली उद्योग बाणिज्य संघको प्रांगणमा हुने निर्वाचनमा दुई प्यानल भिड्दै छन्।
वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर आज चुनावी मैदानमा होमिएका छन् ।कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका हुन्। त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
यद्धपी दुबै प्यानल आफ्नो जित सुनिश्चित हुने बताइरहेका छन् । कैलाली उद्योग बाणिज्य संघको प्रांगणमा हुने निर्वाचनमा मतदान गर्न उद्योग बाणिज्य संघको परिचयपत्रका साथै नेपाल सरकारको कुनै परिचय पत्र पनि साथमा बोकेर आउन ब्यवसायीमा अनुरोध गरिएको छ ।यी हुन् कैलाली उद्योग वाणिज्य संघको चुनावमा दुई प्यानल
पुष्पराज कुँवर प्यानलमा
अध्यक्ष – पुष्पराज कुँवर
वरिष्ठ उपाध्यक्ष- पुष्कर राज ओझा
एसोसिएट उपाध्यक्ष – मनोज अग्रवाल
उद्योग उपाध्यक्ष -दिनेश लम्साल
बाणिज्य उपाध्यक्ष – गगनराज केसी
वस्तुगत उपाध्यक्ष – लक्ष्मण पन्त
महासचिव – ओम बिष्ट
कोषाध्यक्ष -भिष्मराज ओझा (अबु)
सचिवमा- सुरेश पाण्डेय (सुरेन्द्र), यस्तै सदस्यहरुमा लोकराज भट्ट, प्रकाश कुमार चन्द, कविन्द्र पन्त,सुरेन्द्र कुमार बोहरा, तिलक बहादुर बोहरा, रवि कुँवर,राधिका चौधरी, कोपिला कुँवर, सुरेन्द्र बहादुर कडायत, मिलन कुँवर, तुलसीराम गौतम, रुपेश खड्का, बासुदेव भट्ट,श्यामराज जोशी , शम्भु लामिछाने,सन्तोष लामिछाने र रुपा कुमारी बिष्ट छन् ।
राठी प्यानलमा
अध्यक्ष – सुरेन्द्र राठी
वरिष्ठ उपाध्यक्ष -हरिशंकर ठाकुर
एसोसिएट उपाध्यक्ष – प्रकाशचन्द्र भट्ट
उद्योग उपाध्यक्ष – घनश्याम चौधरी
बाणिज्य उपाध्यक्ष – केशव जोशी
वस्तुगत उपाध्यक्ष – केशव पाण्डेय
महासचिव- सिद्धराज पनेरू
कोषाध्यक्ष – रंजन कुमार शर्मा
सचिव-महेन्द्रबहादुर सिंह, यस्तै सदस्यहरुमा अम्मर बहादुर चोखाल, अम्कीका भण्डारी,कमला ज्ञवाली,कृष्णराज पाण्डेय,जि एस इस्लाम, प्रदिव कुमार बैद्य, रिता जोशी अवस्थी,लोकेन्द्र सिँह भट्ट,शैलेश श्रेष्ठ,श्रीमन गौतम,सुरेश सापकोटा र हेमराज भट्ट रहेका छन् । 



