धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिकामा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकलाई कोरोना विरुद्धको बुस्टर खोप लगाइएको छ।
लुथरन बिश्व फेडरेसन नेपाल ,दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारी , बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा नै गई उक्त खोप लगाइएको हो।
उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले कोरोना विरुद्धको अन्तिम अर्थात बुस्टर खोप, पालिकाकामा सफलता पुर्वक सम्पन्न गरि उक्त पालिकाको २ नम्बर वाडमा रहेको सहारा घरका अशहाय सहित २५० जनालाई सेवा दिएको जानकारी दिए। ३ दिन ६ वडामा निरन्तर अभियान संचालन भइ २१ जना पुर्ण अशक्त ९० जना अति अशक्त ५९ जना मध्यम र ५० जना सामान्य अपांगता भएका नागरिक, ११ जना एकल महिला र १९ जना जेष्ठ नागरिक लाभान्वित भएका छन । उक्त खोप अभियानको मिति २०७९ जेठ २६ गते बर्दगोरिया गाउँपालिका कार्यालयका स्वास्थ्य शाखा खोप बिभाग प्रमुख र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टद्वारा सुरुवात गरिएको थियो ।