धनगढी। मालिकार्जुन दार्चुला सेवा समितिले दार्चुलाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा बधाई दिएको छ।
धनगढी स्थित समितिको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी दार्चुलाका दुई नगरपालिकाका प्रमुख/उप-प्रमुख र ७ गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुलाई स्वागत गर्दै बधाई दिएको हो। समितिका अध्यक्ष महेन्द्र पन्त सहित कार्य समितिले बधाई तथा स्वागत गरेको समितिका सह-सचिव जनक सामन्तले जानकारी दिए।कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र सामन्त तथा सल्लाहकारहरुको सहभागिता थियो। ९ वटै स्थानिय तहका जनप्रतिनिधीलाई स्वागत तथा बधाई दिएको छ। पुर्ब अध्यक्ष दान सिँह धामी, जग्गादाता नारायण प्रसाद भट्ट सहभागी थिए । उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिर,अपि हिमाल गाउँपालीकाका अध्यक्ष, भगत ठेकरे,नौगाड गाउँपालीकाका अध्यक्ष दलजीत सिँह धामी ,लेकम गाउँपालीकाका अध्यक्ष राम दत्त जोशी तथा मालिकार्जुन गाउँपालीकाका उपाध्यक्ष कल्याण सिँह धामी लगायत मार्मा गाउँपालीका,लेकम गाउँपालीकाका, ब्यास गाउँपालीकाका,दुहु गाउँपालीका ,नौगाड गाउँपालीका,अपि हिमाल गाउँपालीकाका उपाध्यक्ष समेतको सहभागिता रहेको थियो ।कार्यक्रममा समितीका अध्यक्ष श्री महेन्द्र राज पन्तले दार्चुला दर्पण र २०७९ सालको मालिकार्जुन दार्चुला सेवा समितीले प्रकाशन गरेको भित्ते पात्रो उपहार दिएका थिए । स्वागत तथा बधाई कार्यक्रममा दार्चुलाका नवनिर्वाचित जनप्रतिनिधिले मालिकार्जुन दार्चुला सेवा समितिको प्रसंशा गरेका थिए । उनिहरुले समाजका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको समितिका सह सचिव जनक सिंह सामन्तले जानकारी दिए ।कार्यक्रमको संचालन समितिका सचिव देभ दत्त भट्टले गरेका थिए ।