कैलाली। कैलालीको घोडाघोडी नगरपालीका ४ मा ५० सुपानेट झुल वितरण गरिएको छ। शुक्रबार नेपाल परिवार दलको पहलमा र बोधिसत्वा बिहारको सहयोगमा घोडाघोडी नगरपालिका वडा ४ का गरिब तथा एकता महिला किसानहरुलाइ ५० पिस सुपानेट( झुल) वितरण गरिएको हो ।
कार्यक्रममा परिवार दलका सुदूरपश्चिम प्रदेश खडक नागरी, केन्द्रीय सदस्य निर्मला श्रेष्ठ, केन्द्रीय सदस्य बिष्णु कुमारी बिके, केन्द्रीय सदस्य धर्म रोकाय, प्रदेश सदस्य सीता पाठक, पार्टीका जिल्ला सदस्य डाक्टर राम प्रसाद चौधरी र पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु समाजसेवी लगायतको सहभागी रहेको थियो।



