अछाम। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ। मृतकका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकता अनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले ५ दिनअघि मृत भेटिएका शाहीको शव उठाउने सहमति भएको जानकारी दिए । घटनाका सन्दर्भका आफन्तहरूको किटानी जाहेरी दर्ता गर्ने , शवको पोष्टमार्टम गर्ने र किटानी जाहेरी दर्ता नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने लिखित सहमति भएको छ । पीडित परिवारका तर्फबाट मृतकका दाजु डम्बर शाही र जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्ट बिच लिखित सहमति भएको नेकपा एमाले पंचदेवल विनायक नगरपालिकाका इन्चार्ज भीम विष्टले बताए छन् ।
सहमति भएसँगै किशोरको शव पोष्टमार्टमका लागी मंगलसैन ल्याइँदै छ । जेठ १७ गतेदेखि वेपत्ता भएका शाहीको जेठ २१ गते घर नजिकैकको जंगलमा शव भेटिएको थियो । मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लाग्दा पनि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन् ।
नेकपा एमालेलगायत दलले नेपाली कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाएका छन् । तर कांग्रेसले भने त्यसलाई खण्डन गरेको छ ।प्रहरीले शाहीको हत्या अभियोगमा ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०को टोलीले उनीहरूलाई प्रकाउ गरेको हो । घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनकराज पाण्डे नेतृत्वको टोली समेत खटाएको छ ।