कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका युवकको मृत्यु भएको छ। परिचय नखुलेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा मंगलवार मृत्यु भएको हो।
नेपाल–भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले बेहोस अवस्थामा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो। त्यसपछि प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याएको थियो। युवकको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ।परिचय नखुलेका उनको कोही कसैले चिन्नु वा देखेको भए मृतकका परिवार र प्रहरीलाई जानकारी गराइदिन आग्रह गरिएको छ ।


