धनगढी। मनसुन सुरुहुनु पुर्व तयारी र मनसुनपछि त्यसले पार्ने प्रभाब र क्षती कम गर्न आबश्यक तयारी अपनाउनुपर्नेमा जोड दिइएको छ ।
आज धनगढीमा भएको सुदुरपश्चिम प्रदेशस्तरीय मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठीमा सहभागिहरुले यस्तोकुरामा जोड दिएका हुन्। सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा युएनडिपी र नेपाल रेडक्रस सोसाइटी कैलाली साखाको सहआयोजनाद्धारा गरिएको प्रदेशस्तरिय मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठीमा रेडक्रस कैलाली साखाका मन्त्री लोक राज जोशीले मनसुन सुरुहुन पुर्वतयारी र बिपतपछि त्यस्को ब्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको जानकारी दिए ।
उनले बाढी, पहिरो, डुवान, कटान, हावापानी, आगलागी, चट्याङग, भुकम्प जस्ता प्राकृतीक प्रकोप सुरुहुनु पुर्व आवस्यक तयारी र बिपत निम्तीसकेपछि त्यस्को ब्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताए । रेडक्रस कैलाली साखाका मन्त्री जोशीले त्यसको लागी रेडक्रस साखा, सुदुरपश्चिम सरकार र युएनडिपीको सहकार्यले प्रकोप न्युनीकरण गर्न सहकार्य र समन्वय भैरहने जानकारी दिए। यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा सुदुरपश्चिम प्रदेश आन्तरिक तथा कानुन मन्त्री रणबहादुर रावलले प्राकृतिक प्रकोप आउन भन्दा पहिला र आइसकेपछि त्यसको ब्यवस्थापनकालागी प्रदेश सरकार तयार रहेको बताए। मनसुन सुरु हुन पुर्व आवस्यक स्रोत साधनको बन्दोवस्त,सुरक्षा उपाय, जनशक्ती ब्यवस्थापन तथा बिपतपछि भएको क्षतीको यकिन तथ्याङ्क संकलन गर्न आवस्यक रहेको बताए। उनले बिगतमा बिपदका घटनाबाट पाठ सिक्दै अब हुने क्षती कम गर्न तर्फ सबैले लाग्नुपर्ने बताए।
बिपदले बिगतका बर्षहरुमा जनधनको क्षती भएको बताउँदै अब क्षती हुनबाट सबै निकायले सहयोग र समन्वयकारी भुमिका खेल्नुपर्ने आवस्यक रहेको उनको भनाई छ । त्यसका लागी सुदुरपश्चिम प्रदेश सरकार तयार छ उनले भने । यस्तै आन्तरिक तथा कानुन मन्त्रालयका उपसचिब तथा मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना मस्यौदा समितीका बिश्वदिप वेस्राले बिपदको बिषयमा जनतालाई जानकारी गराउने र प्रभाब कती पार्छ, मौसमलाई पर्वु अनुमान गर्ने, क्षती कती गर्ने भन्ने बारेमा सरकारी निकायलाई जानकारी गराउने र सरकारी निकायबाट जनतालाई सुरक्षीत रहन निर्देशन दिईने उपायबारेमा जानकारी दिइने बताए । यस्का साथै उद्धार तथा राहातको बारेमा सबै निकायसँग समन्वय र ब्यवस्थापन गरिने बताएका छन् ।यस्तै प्राक्टीकल एक्सनका बरिष्ठ कार्यक्रम अधिकृत चक्र बहादुर बमले बहुप्रकोप पुर्व सुचना प्रणलीको स्थानियक्रम सम्बीन्ध छलफल गरेका थिए । उनले बाढीपुर्व सुचना मात्रै नभएर अब बिभिन्न प्राकृतिक प्रकोपको आवश्यक पुर्व तयारी गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा स्थानिय सरकारका प्रतिनिधी, उद्योग बाणिज्य सँघका प्रतिनिधी, रेडक्रस लगायत बिभिन्न सरोकारबालाहरुको सहभागिता रहेको थियो ।