दार्चुला। डाँफेका चल्लासहित दार्चुलामा एक जना पक्राउ परेका छन्।दार्चुलाको ब्याँस गाउँपालिका २ स्यान्दरमा डाँफेको चल्लासहित एक जना पक्राउ परेका हुन्।
आईतबार दिउँसो यार्चागुम्बा टिपी घर फर्कने क्रममा दुहुँ गाउँपालिका-४ का २६ वर्षीय खगेन्द्र सिंह कार्की ३ वटा डाँफेका चल्लासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्लास्टिकको डिब्बामा राखेर ल्याइरहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट दुम्लिङबाट खटिएको प्रहरी टोलीलेचेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।