दार्चुला। दार्चुला व्याँस गाउँपालिका–१ कुन्तिसाउमा एक युवक मृत भेटिएका छन्। दार्चुला जिल्लाको नौगाड गाउँपालिका–६ का अन्दाजी २५ वर्षीय कमल सिंह ठगुन्ना मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
बाख्रा चराउन जंगलमा गएका ठगुन्ना जेठ २० गते हराएका थिए । खोजी गर्दै जादा जेठ २१ गते (शनिवार) जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली गएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । ठगुन्ना भेडा/बाख्रा पालक किसान हुन् ।