दार्चुला। दार्चुलामा एकल महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद छन्।
दार्चुलाका प्रहरी डिएसपी प्रतिक विष्टका अनुसार शुक्रबार जबरजस्ती करणी गरेको दुई मुद्दा दर्तापछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको छ। धामी र कार्कीले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ। त्यस्तै शैल्यशिखर नगरपालिका–९ बस्कोटका साउदले जेठ १९ गते जबरजस्ती करणी गरेको पीडित महिलाको जाहेरी छ। घटनाबारे थप अनुसन्धान भइरहेको र अदालत बन्द रहेकोले म्याद थप गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।