कैलाली। कैलालीका अत्यन्तै सकृय सामाजिक अभियन्ता एंव अधिकारकर्मी राजेन्द्र रैका यश बर्षको युवा प्रतिभा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्।
बिगत दुई दशक देखि मानवअधिकार सामाजिक न्याय र युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले आफ्नो ६५औं बार्षिकोत्सबमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको हो।
एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित युवा प्रतिभा राष्ट्रिय सम्मान-२०७८ ले सम्मान गरेका थिए। सम्मान प्राप्त गर्दे अधिकारकर्मी राजेन्द्र रैकाले यो महत्त्वपूर्ण सम्मानले आफूलाइ थप उर्जा र थप जिम्मेवारी बोध गराएको बताए । समारोह अन्य विभिन्न बिधाका श्रष्टाहरुलाई समेत सम्मान गरिएको थियोे । कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका लगायतकाले मन्तव्य राखेका थिए। कार्यक्रम कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टिएन जोशीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।


